• ९ भदौ २०८३, बुधबार
  • १०:३३ बिहान

मोहम्मद जयन्तीमा मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा

प्रकाशित मिति

२०८३ भाद्र ९ गते, मंगलवार ०३:२९

९ भदौ २०८३ काठमाडौं – सरकारले मोहम्मद जयन्तीको अवसरमा बुधबार नेपाली मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले मंगलबार सूचना जारी गर्दै मुस्लिम समुदायका लागि उक्त दिन सार्वजनिक बिदा दिइएको जनाएको हो।

नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार मोहम्मद जयन्तीका दिन मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिने व्यवस्था छ। मुस्लिम आयोगबाट बुधबार मोहम्मद जयन्ती परेको जानकारी प्राप्त भएपछि सोही व्यवस्थाअनुसार बिदा दिने निर्णय गरिएको मन्त्रालयले जनाएको छ।

Kamana Sewa

मन्त्रालयले मोहम्मद जयन्तीको अवसरमा सम्पूर्ण मुस्लिम धर्मावलम्बीमा शुभकामना समेत व्यक्त गरेको छ।

Classic Tech Desktop

प्रतिकृया