नयाँ बानेश्वरमा ट्राफिक प्रहरीमाथि हातपात, युवक पक्राउ
प्रकाशित मिति
२०८३ भाद्र ९ गते, मंगलवार ०२:४७
९ भदौ २०८३ काठमाडौं – नयाँ बानेश्वर चोकमा ड्युटीमा खटिएका ट्राफिक प्रहरीमाथि हातपात गर्ने एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा जुम्ला घर भएका २७ वर्षीय राज कठायत रहेका छन्।
उनलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त नयाँ बानेश्वरमा राखी अनुसन्धान सुरु गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले जानकारी दिए।

सडक सचेतना अभियानअन्तर्गत जथाभावी बाटो काट्नेलाई आकाशे पुल प्रयोग गर्न आग्रह गर्ने क्रममा कठायतले ड्युटीमा खटिएका महिला तथा पुरुष ट्राफिक प्रहरीमाथि नै हातपात गरेका थिए।

घटनामा संलग्न युवकलाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। घटनासँग सम्बन्धित भिडियो सामाजिक सञ्जालमा समेत भाइरल भइरहेको छ।
Related
Recent News
- रसुवाको टिमुरेमा आकस्मिक बाढी, थप विवरण आउन बाँकी
- लगानीकर्ताको रकमदेखि गुनासोसम्म : ब्रोकरलाई सेबोनको कडा निर्देशन
- प्रधानमन्त्री बालेनले आज संसदमा सांसदका प्रश्नको जवाफ दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ
- उपराष्ट्रपति यादवको जोड : अटोमोबाइल क्षेत्रलाई आयातबाट उत्पादनमुखी उद्योगतर्फ लैजानुपर्छ
- मोहम्मद जयन्तीमा मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा
- प्रचण्डसँग छलफलपछि थापा सरकारलाई विश्वासको मत दिन नेकपा असन्तुष्ट पक्ष तयार
- नेप्से घट्यो, लगानीकर्ताको मनोबलमा दबाब कायमै
- नयाँ बानेश्वरमा ट्राफिक प्रहरीमाथि हातपात, युवक पक्राउ
- व्यवसायीको मनोबल इतिहासकै कमजोर अवस्थामा छ : एफएनसीसीआई अध्यक्ष श्रेष्ठ
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया