• ९ भदौ २०८३, बुधबार
  • १०:३३ बिहान

नेप्से घट्यो, लगानीकर्ताको मनोबलमा दबाब कायमै

प्रकाशित मिति

२०८३ भाद्र ९ गते, मंगलवार ०३:१२

९ भदौ २०८३ काठमाडौं – शेयर बजारमा निरन्तर दबाब देखिँदा लगानीकर्ताको मनोबल कमजोर बनेको छ। आर्थिक तथा मौद्रिक वातावरण, नीतिगत अनिश्चितता र बजार सुधारका योजनामा स्पष्टता नहुँदा लगानीकर्ता नयाँ लगानीभन्दा जोखिम घटाउनेतर्फ केन्द्रित देखिएका छन्।

मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.३० अंकले घटेर २,५९४.२७ विन्दुमा कायम भएको छ। ३५७ कम्पनीका १ करोड ४४ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १० करोड रुपैयाँको कारोबार भएको छ।

Kamana Sewa

आज ११ समूहको सूचक घटेको छ भने विकास बैंक र निर्जीवन बीमा समूह सामान्य बढेका छन्। ७८ कम्पनीको शेयर मूल्य बढ्दा १८७ कम्पनीको घटेको छ भने १२ कम्पनीको मूल्य स्थिर रहेको छ।

Classic Tech Desktop

यसबीच शेयर बजारमा परिचालित पूँजीको स्रोत तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानले समेत लगानीकर्ताको मनोविज्ञानमा थप दबाब सिर्जना गरेको देखिन्छ।

प्रतिकृया