• ७ भदौ २०८३, सोमबार
  • १०:४१ बिहान

ठमेल प्लाजा होटलले आईपीओ जारी गर्ने

प्रकाशित मिति

२०८३ भाद्र ८ गते, सोमबार ०९:४७

८ भदौ २०८३ काठमाडौं – ठमेल प्लाजा होटल एण्ड सुइट्स लिमिटेडले आईपीओ जारी गर्ने प्रस्तावसहित चौथो वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीले भदौ ३१ गते बिहान ९ बजे आफ्नै सभाकक्षमा साधारणसभा आयोजना गर्ने जनाएको छ।

साधारणसभामा सर्वसाधारणका लागि छुट्याइएको शेयर (आईपीओ) जारी गर्ने विशेष प्रस्ताव पेस गरिनेछ। साथै आईपीओ निष्कासनका लागि आवश्यक सम्पूर्ण प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत पारित गरिनेछ।

Kamana Sewa

त्यस्तै, व्यवसाय विस्तारका लागि आवश्यक जग्गा खरिद गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि साधारणसभामा पेस हुनेछ।सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षण प्रतिवेदनसहितका वित्तीय विवरण पारित गर्नेछ। चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत सभाको कार्यसूचीमा रहेको कम्पनीले जनाएको छ।

Classic Tech Desktop

प्रतिकृया