• २१ असोज २०८३, बुधबार
  • ३ः१७ दिउँसो

साउनमा नेप्सेमा ५४ करोडभन्दा बढी कित्ता धितोपत्र सूचीकृत

प्रकाशित मिति

२०८३ भाद्र ७ गते, आईतवार १०:००

७ भदौ २०८३ काठमाडौं – साउन महिनामा नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा विभिन्न कम्पनी तथा सामूहिक लगानी कोषका गरी ५४ करोड १५ लाख १४ हजार ३८२ कित्ता धितोपत्र सूचीकृत भएका छन्। नेप्सेको तथ्यांकअनुसार साउन १९ देखि २७ गतेसम्म आईपीओ, बोनस सेयर तथा म्युचुअल फन्डका इकाई गरी ठूलो संख्यामा धितोपत्र थपिएका हुन्।

National Life

साउन २६ गते माउन्ट एभरेस्ट पावरको ८६ लाख कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको छ। त्यस्तै, साउन २७ गते सर्वोत्तम पेन्ट्सको ३४ लाख कित्ता आईपीओ थपिएको छ।

यसैगरी, साउन १९ गते नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड ५१ लाख ४३ हजार ८१.६ कित्ता बोनस सेयर सूचीकृत भएको छ। सोही दिन सिद्धार्थ इक्विटी फन्ड–२ का १२ करोड ५० लाख कित्ता इकाई नेप्सेमा सूचीकृत भएका छन्। साउन २० गते दुईवटा सामूहिक लगानी कोषका गरी २७ करोड ५० लाख कित्ता इकाई सूचीकृत भएका छन्। तीमध्ये एउटा योजनाको १२ करोड ५० लाख र अर्को योजनाको १५ करोड कित्ता इकाई रहेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै, साउन २२ गते थप १२ करोड ५० लाख कित्ता इकाई नेप्सेमा सूचीकृत भएको नेप्सेको तथ्यांकमा उल्लेख छ। यसरी साउन महिनामा आईपीओ, बोनस सेयर तथा म्युचुअल फन्डका इकाईसमेत गरी कुल ५४ करोड १५ लाख १४ हजार ३८२ कित्ता धितोपत्र नेप्सेमा थपिएका छन्।

प्रतिकृया