• २० असोज २०८३, मंगलबार
  • ६ः०५ बेलुका

दसैंमा नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक

प्रकाशित मिति

२०८३ आश्विन २० गते, मंगलवार ०६:००

२० असोज २०८३ काठमाडौं – दसैंको समयमा हुने यात्रुवाहक सवारीसाधनको चापलाई व्यवस्थापन गर्न नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ । यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म ट्रेलरलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

National Life

निर्णयअनुसार आगामी २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालन गर्न पाइने छैन । दसैंका बेला यात्रुवाहक सवारीसाधनको अत्यधिक चाप हुने भएकाले सडक आवागमनलाई सहज बनाउन यस्तो निर्णय गरिएको हो ।

तर, खाद्य सामग्री, औषधि, फलफूल तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारीसाधनलाई भने रोक नलगाइने भएको छ । त्यस्ता सवारीसाधन निर्वाध रूपमा सञ्चालन गर्न पाउनेछन् । दसैंको समयमा यात्रुको आवागमन बढ्ने भएकाले सडकमा हुने जाम तथा दुर्घटनाको जोखिम न्यूनीकरण गर्न ठूला मालवाहक सवारीसाधनमा अस्थायी रोक लगाइएको विभागले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया