• २० असोज २०८३, मंगलबार
  • ११ः३० बिहान

अर्थ मन्त्रालयका दुई सहसचिवले अवकाशअघि दिए राजीनामा

प्रकाशित मिति

२०८३ आश्विन २० गते, मंगलवार ११:२१

२० असोज २०८३ काठमाडौं – अर्थ मन्त्रालयअन्तर्गत कार्यरत दुई सहसचिवले अनिवार्य अवकाशको समय नजिकिँदै गर्दा पदबाट राजीनामा दिएका छन्।राजेन्द्रदेव पाण्डे र पदमकुमार श्रेष्ठले मंगलबार अर्थ सचिवसमक्ष राजीनामा बुझाएका हुन्। दुवै जना ५८ वर्षे उमेर हदका कारण चालु आर्थिक वर्षभित्रै सरकारी सेवाबाट अवकाश पाउने तयारीमा थिए।

National Life

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रमुखको जिम्मेवारी सम्हालिरहेका पाण्डे आगामी फागुन १० गते ५८ वर्ष पुग्दै थिए। अवकाशको केही समयअघि नै उनले राजीनामा दिएका हुन्।

पाण्डे यसअघि नेपाल ट्रस्टको कार्यालयमा कार्यरत थिए। त्यसपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय हुँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा पुगेका थिए। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका तत्कालीन प्रमुख गोपीकृष्ण कोइरालाले राजीनामा दिएपछि पाण्डेलाई कार्यालय प्रमुखको जिम्मेवारी दिइएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तै, आन्तरिक राजस्व विभागका उपमहानिर्देशक पदमकुमार श्रेष्ठले पनि अवकाशअघि नै राजीनामा दिएका छन्। उनी आगामी जेठ १४ गते ५८ वर्ष पुग्दै थिए। लामो समयदेखि आन्तरिक राजस्व विभागमा कार्यरत श्रेष्ठले उमेर हदबाट अनिवार्य अवकाश पाउनुअघि नै सरकारी सेवाबाट अलग हुने निर्णय गरेका हुन्।

प्रतिकृया