आजको मौसम : केही प्रदेशमा वर्षा र हिमपातको सम्भावना
प्रकाशित मिति
२०८३ आश्विन २० गते, मंगलवार ०९:१५
२० असोज २०८३ पोखरा — नेपालमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशका पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यस्तै, कोशी, मधेश र बागमती प्रदेशका सबै भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भूभागमा मनसुनी वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रहेको छ। बाँकी भूभागमा आंशिक बदली छ। लुम्बिनी प्रदेशका थोरै स्थान तथा कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका साथै कोशी प्रदेशको पहाडी तथा हिमाली भूभाग र कर्णाली प्रदेशको पहाडी भूभागमा साधारणतया बदली रहनेछ। मधेश प्रदेश, कोशी प्रदेशको तराई भूभाग र कर्णाली प्रदेशको हिमाली भूभागमा आंशिक बदली रहनेछ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। कर्णाली प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुनसक्नेछ। यस्तै, देशका पहाडी र तराई भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ।
आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ। देशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुनसक्नेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा भने मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।








प्रतिकृया