• १८ असोज २०८३, आइतबार
  • ६ः५० बेलुका

सरकार स्वेच्छाचारी बाटोतर्फ जान खोजेको शंकर पोखरेलको आरोप

प्रकाशित मिति

२०८३ आश्विन १८ गते, आईतवार ०६:०९

१८ असोज २०८३ पोखरा — नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार जनता र संसद्सँग संवाद नगरी स्वेच्छाचारी बाटोतर्फ जान खोजेको आरोप लगाएका छन्। आइतबार नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पोखरेलले सरकार राजनीतिक दल, संसद् र नागरिकसँग संवाद नगरेको भन्दै चिन्ता व्यक्त गरे।

National Life

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रिय मुद्दामा सबै राजनीतिक दललाई एक ठाउँमा ल्याउन निरन्तर प्रयत्न गरिरहेको भए पनि सरकारबाट त्यस्तो प्रयास नभएको उनले बताए।

‘रास्वपाका सभापति रवि लामिछानेले राजनीतिक दलहरूलाई एक ठाउँमा ल्याउनका लागि राष्ट्रिय मुद्दाहरूमा निरन्तर प्रयत्न गर्नुहुन्छ । तर सरकार राजनीतिक दलहरूसँग संवाद गर्दैन । सरकार संसद्सँग संवाद गर्दैन,’ पोखरेलले भने, ‘नागरिकसँग संवाद गर्दैन । सरकार चुनौतीको सामना गरेर जाने कुरामा संकल्प गर्न सक्दैन।’

Classic Tech Mobile
Classic Tech Desktop

सरकारको यस्तो कार्यशैलीले भविष्यमा आउने प्राकृतिक विपद् तथा संकटको सामना कसरी गर्ने भन्ने विषयमा समेत चिन्ता बढाएको उनको भनाइ छ। पोखरेलले लोकतन्त्रको भविष्यमाथि नै प्रश्न उठ्न थालेको बताए। जनताले विश्वास गरेर निर्वाचित गरेको प्रधानमन्त्रीले आफूले चुनेको संसदीय दललाई चिने पनि संसद् र जनताको कुरा नसुन्ने गरेको उनको आरोप थियो।

‘चिन्ता लोकतन्त्रको भविष्यमाथि पनि शंका उब्जिएको छ । जनताले विश्वास गरेर निर्वाचित गरेको प्रधानमन्त्री आफैंले चुनेको संसदीय दललाई चिन्नुहुन्छ, संसद्लाई सुन्नुहुन्न, जनताको कुरा सुन्नुहुन्न,’ उनले भने। उनले यस्तो अवस्थामा देश लोकतन्त्रको भविष्यतर्फ अघि बढिरहेको हो कि स्वेच्छाचारी शासनतर्फ भन्ने प्रश्न उठेको बताए। ‘लोकतन्त्रका लागि लडेको नेपाली कांग्रेस लोकतन्त्रको रक्षाका प्रश्नमा कसरी अघि बढ्छ भन्ने महत्त्वपूर्ण प्रश्न बनेको छ,’ पोखरेलले भने।

प्रतिकृया