• १८ असोज २०८३, आइतबार
  • १०ः५४ बिहान

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, ७ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने

प्रकाशित मिति

२०८३ आश्विन १८ गते, आईतवार १०:०४

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन दिउँसो २ बजे खुलामञ्चमा हुने पार्टीले जनाएको छ। उद्घाटनपछि भोलिदेखि बन्दसत्र सुरु हुनेछ।

National Life

महाधिवेशनमा देशभर तथा विदेशस्थित जनसम्पर्क समितिबाट ७ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन्। उद्घाटन कार्यक्रममा विभिन्न देशका प्रतिनिधि, राजनीतिक दलका शीर्ष नेता तथा संघ–संस्थाका प्रतिनिधिको सहभागिता रहने कांग्रेसले जनाएको छ।

महाधिवेशनमा सहभागी प्रतिनिधिका सवारीसाधनका लागि धरहराको अन्डरग्राउन्ड, माइतीघर–भद्रकाली सडकको एकतर्फी भाग, दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसर, पुरानो बसपार्क आसपास र भृकुटीमण्डप क्षेत्रमा पार्किङको व्यवस्था मिलाइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

महाधिवेशन यातायात व्यवस्थापन समितिका संयोजक विजयबहादुर स्वाँरका अनुसार ट्राफिक प्रहरीसँगको समन्वयमा पार्किङ तथा यातायात व्यवस्थापन गरिएको हो।

प्रतिकृया