• १३ असोज २०८३, मंगलबार
  • ९ः३१ बिहान

यस्तो छ आजको मौसम

प्रकाशित मिति

२०८३ आश्विन १३ गते, मंगलवार ०९:००

१३ असोज २०८३ काठमाडौं — जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशका हिमाली र पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । साथै, देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

National Life

हाल देशका हिमाली भू-भागमा आंशिक बादल लागेको छ भने पहाडी र तराईका भू-भागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक बदली रहनेछ । हिमाली र पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै, आज राति हिमाली र पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने तराईका भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया