• २० असोज २०८३, मंगलबार
  • ३ः२५ दिउँसो

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी

प्रकाशित मिति

२०८३ आश्विन २० गते, मंगलवार ०३:२५

२० असोज २०८३ काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पुनः महामन्त्री पदका लागि उम्मेदवारी दर्ता गरेका छन्। मंगलबार दिउँसो पौडेलले आगामी १५औँ महाधिवेशनमा महामन्त्री पदमा दोहोरिने आकांक्षासहित उम्मेदवारी दर्ता गरेका हुन्।

National Life

पौडेल पुसमा सम्पन्न विशेष महाधिवेशनबाट पहिलोपटक महामन्त्री पदमा निर्वाचित भएका थिए। यसअघि कांग्रेसको १४औँ महाधिवेशनमा तत्कालीन सभापति शेरबहादुर देउवाको प्यानलबाट महामन्त्री पदमा उम्मेदवारी दिएका पौडेल पराजित भएका थिए।

कांग्रेसको १५औँ महाधिवेशनमा खुलातर्फ महामन्त्री पदमा नैनसिंह महर, सुनिल शर्मा र शंकर तिवारीले पनि उम्मेदवारी दर्ता गरिसकेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया