• २० असोज २०८३, मंगलबार
  • ३ः५६ दिउँसो

ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्‍यो अपानि (अपानि सहित)

प्रकाशित मिति

२०८३ आश्विन २० गते, मंगलवार ०२:५४

२० असोज २०८३ काठमाडौं – नेकपा एमालेले २१ फागुनको चुनावी हारलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीको व्यक्तिगत असफलताका रूपमा लिन नहुने निष्कर्ष निकालेको छ। तेस्रो केन्द्रीय कमिटी बैठकपछि जारी गरिएको अपानीमा पार्टीको हारलाई समग्र राजनीतिक, सामाजिक र संगठनात्मक परिस्थितिसँग जोडेर विश्लेषण गर्नुपर्ने उल्लेख गरिएको छ।

National Life

अपानीमा भनिएको छ, ‘हार बाह्य प्रहारको मात्र परिणाम होइन, हार हाम्रो आन्तरिक कमजोरीको परिणाम पनि हो। तर हार अध्यक्षको व्यक्तिगत असफलता होइन।’ एमालेले चुनावी पराजयलाई पार्टी संरचना, समयको मनोविज्ञान, बाह्य वातावरण, डिजिटल आक्रमण, चुनावी अवस्था तथा संगठनात्मक कमजोरीको संयुक्त परिणामका रूपमा व्याख्या गरेको छ।

अध्यक्ष ओलीले भने आफ्नो भागमा पर्ने हारको जिम्मेवारी स्वीकार गर्ने बताएका छन्। तर अध्यक्ष पदबाट हट्ने पक्षमा नरहेको संकेत गर्दै उनले ‘यो समय भाग्ने समय होइन, दोषारोपणमा अल्झिने समय पनि होइन’ भनेका छन्। २६ पृष्ठ लामो अपानीमा केन्द्रीय कमिटीले गरेका मनोनयनलगायत विभिन्न निर्णय र अध्यक्ष ओलीका मन्तव्यसमेत समेटिएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया