बागमतीका मुख्यमन्त्री थापामगरले आज विश्वासको मत लिँदै
प्रकाशित मिति
२०८३ भाद्र ८ गते, सोमबार ०९:०८
८ भदौ २०८३ काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। प्रदेशसभा सचिवालयका अनुसार प्रदेशसभाको आठौँ अधिवेशनको १८औँ बैठक आज दिउँसो १ बजे बस्दैछ।
भदौ ४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थापामगरले आजको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।

बागमती प्रदेशसभामा नेपाली कांग्रेसका ३६, नेकपा (माओवादी केन्द्र) का २६, नेकपा एमालेका २५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १२, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन्।

निर्वाचित ११० प्रदेशसभा सदस्यमध्ये ६ जनाले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न राजीनामा दिएपछि हाल प्रदेशसभामा १०४ सदस्य कायम छन्।
मुख्यमन्त्री थापामगरले विश्वासको मत प्राप्त गर्न प्रदेशसभामा कायम सदस्यको बहुमत जुटाउनुपर्नेछ।




प्रतिकृया