• ७ भदौ २०८३, सोमबार
  • ९:४८ बिहान

प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

प्रकाशित मिति

२०८३ भाद्र ८ गते, सोमबार ०९:२२

८ भदौ २०८३ काठमाडौं – सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशनको ४७औँ बैठक सोमबार दिउँसो १ बजे बस्ने भएको छ। संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकको सुरुवात उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिएर हुनेछ।

त्यसपछि व्यवस्थापन कार्यअन्तर्गत चारवटा विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गरिनेछ। प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

Kamana Sewa

त्यस्तै, परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेस गर्नेछन्। महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सामाजिक सुरक्षा मन्त्री सीता वादीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछिन्।

Classic Tech Desktop

त्यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद्का महासचिव पद्मप्रसाद पाण्डेले जनाएका छन्।

यससँगै सोमबारको प्रतिनिधिसभा बैठकमा चारवटा महत्वपूर्ण विधेयकलाई समितिगत छलफलको प्रक्रियामा अघि बढाइने भएको छ।

प्रतिकृया