• २ भदौ २०८३, बुधबार
  • ५:२८ बेलुका

कांग्रेस महाधिवेशन रोक्न देउवा समूह सर्वोच्च जाने

प्रकाशित मिति

२०८३ भाद्र ३ गते, बुधबार १२:००

३ भदौ २०८३ काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवा समूह सर्वोच्च अदालत जाने तयारीमा जुटेको छ । पार्टी केन्द्रीय समिति बैठकले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेपछि देउवा समूहले त्यसविरुद्ध अदालत जाने तयारी गरेको हो ।

सर्वोच्चमा पार्टीसम्बन्धी मुद्दा विचाराधीन रहेकाले महाधिवेशन प्रक्रिया अघि बढाउन नमिल्ने नेता मीन विश्वकर्माले बताएका छन् । उनका अनुसार महाधिवेशन रोक्न माग गर्दै सम्भव भएसम्म आजै सर्वोच्च जाने तयारी छ । आज सम्भव नभए एक–दुई दिनभित्र अदालत जाने उनले बताए ।यसअघि देउवा समूहको भेलाले गगन थापालाई सभापति अस्वीकार गर्दै १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा गर्नुपर्ने निर्णय गरेको थियो ।

Kamana Sewa

यता, इतर पक्षका नेता डा. शशांक कोइरालाले पनि महाधिवेशन प्रक्रिया अघि नबढाउन निर्वाचन आयोग र कांग्रेस केन्द्रीय कार्यालय सानेपालाई पत्र पठाइसकेका छन् । सभापति गगन थापाले भने निर्धारित मितिमै महाधिवेशन हुने अडान राख्दै आएका छन् ।

Classic Tech Desktop

प्रतिकृया