• २१ असोज २०८३, बुधबार
  • ३ः०५ दिउँसो

रास्वपाले बनायो संसदीय दलको विधान संशोधन कार्यदल

प्रकाशित मिति

२०८३ भाद्र ३ गते, बुधबार ०२:०१

३ भदौ २०८३ काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको विधान संशोधनका लागि कार्यदल गठन गरेको छ । बुधबार पार्टी सभापति रवि लामिछानेले बोलाएको संसदीय दलको अनौपचारिक बैठकले मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।

National Life

रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीका अनुसार कार्यदललाई विधान आवश्यकताअनुसार संशोधन गर्न सात दिनको समयसीमा दिइएको छ । उनका अनुसार कार्यदलले सात दिनभित्र कार्यविधि तयार गरी संसद्मा पार्टीका सांसदको उपस्थिति, संसदीय मर्यादा, जिम्मेवारी, जनपक्षीय आवाज उठाउने तथा कानुन निर्माण प्रक्रियामा प्रभावकारी भूमिका निर्वाह गर्ने विषयलाई ध्यानमा राखेर विधान संशोधनका लागि प्रस्ताव तयार गर्नेछ ।

बैठकमा सरकारको कामकारबाही र संसदीय भूमिकाका विषयमा मन्त्री तथा सांसदहरूले आ–आफ्ना धारणा राखेका थिए । मन्त्रीहरूले आफूले गरेका कामबारे जानकारी गराएका थिए भने सांसदहरूले आ–आफ्नो निर्वाचन क्षेत्रका समस्या तथा गुनासा प्रस्तुत गरेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

सरकारले गरिरहेका काम जनतासम्म पुग्न नसकेको तथा सरकार र सांसदबीच कहाँ कमजोरी र त्रुटि भइरहेको छ भन्ने विषयमा समेत बैठकमा छलफल भइरहेको उपनेता पराजुलीले बताए ।

प्रतिकृया