• २ भदौ २०८३, बुधबार
  • ५:२९ बेलुका

चिठ्ठामा परेर संसद् आएको भनेपछि रास्वपा सांसद तामाङको नियमापत्ति

प्रकाशित मिति

२०८३ भाद्र ३ गते, बुधबार ०४:१४

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले नेकपा एमालेकी सांसद साजिता सिद्धिकीको अभिव्यक्तिप्रति नियमापत्ति जनाएकी छन् । बुधबारको बैठकमा आकस्मिक समयमा सांसद सिद्धिकीले रास्वपाका सांसदहरू ‘चिठ्ठामा परेर संसद्मा आएको’ टिप्पणी गरेपछि तामाङले उठेर नियमापत्ति जनाएकी हुन् ।

तामाङले आफूहरू कुनै संयोग वा चिठ्ठाबाट नभई जनताको मतबाट निर्वाचित भएर संसद्मा आएको बताइन् । उनले आफूहरूलाई अपमानजनक शब्द प्रयोग नगर्न आग्रह गर्दै सिद्धिकीको भनाइको प्रमाण माग गरिन् । ‘चिठ्ठामा परेर आएको भन्नुभयो, तर तपाईंहरूजस्तै हामीलाई पनि जनताले जिताएर पठाएको हो,’ तामाङले भनिन् ।

Kamana Sewa

उनले संसद्मा बोल्दा तथ्यमा आधारित भएर धारणा राख्न आग्रह गर्दै ‘चिठ्ठामा परेर आएको’ भन्ने भनाइ असंसदीय र अपमानजनक भएको बताइन् । उक्त शब्द संसद्को अभिलेखबाट हटाउन पनि उनले सभामुखसँग माग गरिन् ।

Classic Tech Desktop

प्रतिकृया