• २१ असोज २०८३, बुधबार
  • ३ः०६ दिउँसो

साउनमा १ अर्ब ८४ करोडको ईभी आयात, सरकारलाई १ अर्ब १४ करोड राजस्व

प्रकाशित मिति

२०८३ भाद्र ६ गते, शनिबार ०९:४७

६ भदौ २०८३ काठमाडौं –चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपालमा १ अर्ब ८४ करोड ३२ लाख ९८ हजार रुपैयाँ बराबरको विद्युतीय सवारीसाधन (ईभी) आयात भएको छ। भन्सार विभागका अनुसार साउनमा आयात भएका विद्युतीय सवारीसाधनमध्ये सबैभन्दा धेरै चीनबाट आएका छन्।

National Life

चीनबाट अनएसेम्बल्ड विद्युतीय तीनपांग्रे सवारीसाधन १ हजार १७१ थान, विद्युतीय तीनपांग्रे सवारीसाधन ५१७ थान र अन्य विद्युतीय सवारीसाधन ४८९ थान आयात भएका छन्।

त्यस्तै, भारतबाट २०० थान विद्युतीय तीनपांग्रे र १९९ थान अन्य विद्युतीय सवारीसाधन आयात भएका छन्। अमेरिकाबाट भने एक थान अन्य विद्युतीय सवारीसाधन आयात भएको विभागले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

आयात भएका सवारीसाधनमध्ये चीनबाट आएका अन्य विद्युतीय सवारीसाधनको मूल्य सबैभन्दा बढी रहेको छ। यसको आयात मूल्य १ अर्ब २३ करोड ६१ लाख २८ हजार रुपैयाँ रहेको छ।

ईभी आयातबाट सरकारले साउनमा १ अर्ब १४ करोड ४६ लाख ८३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

प्रतिकृया