• १ भदौ २०८३, मंगलबार
  • ४:५९ बेलुका

नेप्से १९ अंकले घट्यो, बजारमा बिक्री चाप

प्रकाशित मिति

२०८३ भाद्र २ गते, मंगलवार ०३:२३

२ भदौ २०८३ काठमाडौं – शेयर बजारमा मंगलबार दोहोरो अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.३४ अंकले घटेर २६२२.४८ बिन्दुमा कायम भएको हो।

आज ३४७ कम्पनीको १ करोड ५० लाख ८० हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १ करोड ३७ लाख रुपैयाँको कारोबार भएको छ। कारोबार भएका १२ उपसूचक राताम्य भएका छन् भने व्यापार समूहको शेयर मूल्यमा मात्रै सामान्य सुधार देखिएको छ।

Kamana Sewa

आज ५७ कम्पनीको शेयर मूल्य बढ्दा २१७ कम्पनीको घटेको छ भने ५ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ। पछिल्लो समय बजार अनिश्चित दिशामा रहेकाले लगानीकर्तामा जोखिम लिन हिच्किचाहट देखिएको छ। सरकार तथा नियामकबाट पूँजी बजारसम्बन्धी सकारात्मक धारणा आए पनि त्यसको प्रत्यक्ष प्रभाव बजारमा देखिन सकेको छैन।

Classic Tech Desktop

प्रतिकृया