• १ भदौ २०८३, मंगलबार
  • ६:३१ बेलुका

आईपीओ निष्कासनका लागि चार कम्पनीले मागे अनुमति

प्रकाशित मिति

२०८३ भाद्र २ गते, मंगलवार ०५:३४

२ भदौ २०८३ काठमाडौं – नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्कासनका लागि चार कम्पनीले अनुमति मागेका छन्। बोर्डका अनुसार साउन महिनामा मकरीगाड हाइड्रोपावर, कालिञ्चोक इन्भेष्टमेन्ट कम्पनी, इन्द्रेणी मसरुम फार्म र मध्यपुर अस्पतालले आईपीओ निष्कासनका लागि आवेदन दिएका हुन्।

चारै कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ निष्कासन गर्ने तयारी गरेका छन्। मकरीगाड हाइड्रोपावरले २२ लाख २७ हजार ५०० कित्ता आईपीओ निष्कासनका लागि साउन २२ गते आवेदन दिएको छ। यसको बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ।

Kamana Sewa

इन्द्रेणी मसरुम फार्मले ८ लाख ७५ हजार कित्ता र मध्यपुर अस्पतालले २८ लाख कित्ता आईपीओ निष्कासनका लागि सोही दिन आवेदन दिएका हुन्। दुवै कम्पनीको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ।

Classic Tech Desktop

यस्तै, कालिञ्चोक इन्भेष्टमेन्ट कम्पनीले २४ लाख कित्ता आईपीओ निष्कासनका लागि साउन २९ गते बोर्डमा आवेदन दिएको छ। यसको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ। बोर्डले गत वैशाख २ गतेपछि कुनै पनि कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छैन। प्राथमिक बजार सुधारका योजना अघि सारेको बोर्डले नीतिगत सुधारपछि मात्रै आईपीओ निष्कासनको अनुमति प्रक्रिया अघि बढाउने बताउँदै आएको छ।

प्रतिकृया