• ९ भदौ २०८३, बुधबार
  • ५:३१ बेलुका

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका १० निर्णय

प्रकाशित मिति

२०८३ भाद्र १० गते, बुधबार ०५:११

१० भदौ २०८३ काठमाडौं – सरकारले भोटेकोशी बाढीबाट घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बाढीमा घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था मिलाइएको जानकारी दिए।

मन्त्री पोखरेलका अनुसार घाइतेहरूको उपचारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाली सेना तथा सरकारी अस्पतालले आवश्यक व्यवस्था मिलाउनेछन्।

Kamana Sewa

त्यस्तै, बाढीका कारण बिचल्लीमा परेका तथा जोखिममा रहेका नागरिकलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा सार्न गृह मन्त्रालयलाई निर्देशन दिइएको छ। उद्धारका लागि नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टरसहित आवश्यक सबै साधन प्रयोग गर्ने निर्णय सरकारले गरेको छ। बाढीका कारण घरबास गुमाएकाहरूको व्यवस्थापन गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित विपद् व्यवस्थापन समितिले गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ।

Classic Tech Mobile

प्रतिकृया