• ९ भदौ २०८३, बुधबार
  • ४:५२ बेलुका

त्रिशूलीमा आएको बाढीबाट १६ जनाको मृत्यु, ३६ जना घाइते

प्रकाशित मिति

२०८३ भाद्र १० गते, बुधबार ०४:३३

१० भदौ २०८३ काठमाडौं – तिब्बततर्फबाट रसुवाको त्रिशूली नदीमा आएको बाढीका कारण १६ जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन्।बागमती प्रदेश प्रहरी कार्यालयले बुधबार पौने ४ बजे दिएको जानकारीअनुसार बाढीबाट रसुवामा १, नुवाकोटमा ९ र धादिङमा ६ जनाको मृत्यु भएको हो।

प्रहरीका अनुसार मृतकमध्ये ७ जना महिला र ८ जना पुरुष रहेका छन्। एक जना मृतकको भने पहिचान खुल्न सकेको छैन।

Kamana Sewa

बाढीमा परेका घाइतेमध्ये रसुवाबाट १३, नुवाकोटबाट १९ र धादिङबाट ३ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ।

Classic Tech Desktop

बाढीका कारण त्रिशूली नदी आसपासका क्षेत्रमा ठूलो क्षति पुगेको छ भने उद्धार तथा राहतको काम जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिकृया