रसुवा बाढी : ४४ नेपाली सेनासहित ८५ सुरक्षाकर्मी सम्पर्कविहीन
प्रकाशित मिति
२०८३ भाद्र १० गते, बुधबार ०७:३७
१० भदौ २०८३ काठमाडौं – रसुवाको भोटेकोशीमा आएको आकस्मिक बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार बाढीपछि ४४ जना नेपाली सेना हालसम्म सम्पर्कमा आएका छैनन्।
उनका अनुसार सम्पर्कविहीन सैनिकहरू लाङटाङ राष्ट्रिय निकुञ्ज तथा विभिन्न जलविद्युत् आयोजनाको सुरक्षार्थ खटिएका थिए। बाढीका कारण नेपाल प्रहरीका ३२ जना र सशस्त्र प्रहरी बलका ९ जना सुरक्षाकर्मीसमेत सम्पर्कविहीन भएका छन्।

भोटेकोशीमा तिब्बततर्फबाट आएको आकस्मिक बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेँसीलगायत क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढी प्रभावित क्षेत्रमा सञ्चार सम्पर्कसमेत प्रभावित भएकाले सम्पर्कविहीन सुरक्षाकर्मीहरूको अवस्था यकिन गर्न कठिनाइ भइरहेको छ।

Related
Recent News
- सुवा–नुवाकोटका जलविद्युत् आयोजनामा कार्यरत १९० कर्मचारी सम्पर्कविहीन
- रसुवा बाढी : ४४ नेपाली सेनासहित ८५ सुरक्षाकर्मी सम्पर्कविहीन
- रसुवा बाढी : ८ वाणिज्य बैंकका २६ कर्मचारी सम्पर्कविहीन
- बालेनलाई मोदीको फोन, सम्भव भएसम्मको सहयोग गर्छौं’
- भारत, चीन र विश्व बैंकले भने, आवश्यकता बताउनुस्, सहयोग गर्छौं
- यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका १० निर्णय
- बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार र राहत जुटाउन मुख्यमन्त्री थापाको निर्देशन
- त्रिशूलीमा आएको बाढीबाट १६ जनाको मृत्यु, ३६ जना घाइते
- बाढी प्रभावित रसुवा–नुवाकोटलाई १–१ करोड, धादिङलाई ५० लाख पठाइने
- रसुवा बाढीको वितण्डा : ९ बैंक शाखामा क्षति, धेरै कर्मचारी सम्पर्कविहीन
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया