• १२ असोज २०८३, सोमबार
  • १ः२४ दिउँसो

पूर्वप्रधानन्यायाधीश राणाले मागे आफू र परिवारको सुरक्षा

प्रकाशित मिति

२०८३ आश्विन १२ गते, सोमबार ०१:२४

१२ असोज २०८३ काठमाडौं — पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफ्नो र परिवारको शान्ति सुरक्षाका लागि आवश्यक व्यवस्था गरिदिन प्रहरीसमक्ष निवेदन दिएका छन्। राणाका छोरा सचिन्द्रशमशेर जबरामार्फत आइतबार काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा निवेदन दिइएको हो।

National Life

निवेदनमा देशको पछिल्लो अवस्था तथा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका शान्ति सुरक्षासँग सम्बन्धित विषयका कारण आफू र परिवारको सुरक्षामा गम्भीर चुनौती महसुस भएको उल्लेख गरिएको छ। विगतमा राज्यका विभिन्न अंगमा निर्वाह गरेको जिम्मेवारी तथा न्यायपालिकाको प्रमुखका रूपमा सम्पादन गरेका न्यायिक निर्णयका कारण आफूलाई थप असुरक्षा महसुस भएको राणाले निवेदनमा उल्लेख गरेका छन्।

पछिल्लो समय प्रहरी कार्यालयबाट केही विषयमा जानकारी पाएपछि थप सुरक्षा आवश्यक देखिएको भन्दै राणाले सुरक्षा व्यवस्था बढाउन माग गरेका हुन्। आफ्नो सम्पूर्ण विवरण राज्यका सुरक्षा निकायलाई जानकारी रहेको उल्लेख गर्दै राणाले निवास, परिवार तथा जिउज्यानको सुरक्षामा राज्यको सम्पूर्ण ध्यान पुग्नुपर्ने माग गरेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया