• २ साउन २०८३, शनिबार
  • २:२६ बिहान

नेशनल लाइफको नयाँ व्यापारमा कीर्तिमान, पहिलोपटक ७ अर्बभन्दा बढी प्रथम बीमाशुल्क संकलन

प्रकाशित मिति

२०८३ श्रावण १ गते, शुक्रबार ०२:३९

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा नयाँ व्यापारतर्फ ऐतिहासिक सफलता हासिल गर्दै पहिलोपटक ७ अर्ब रुपैयाँभन्दा बढी प्रथम बीमाशुल्क संकलन गरेको छ।

कम्पनीका अनुसार समीक्षा अवधिमा नयाँ बीमालेख बिक्रीबाट ७ अर्ब १० करोड ५८ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन भएको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ६ अर्ब ८ करोड ४५ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको थियो। यससँगै कम्पनीको नयाँ व्यापार १६.७९ प्रतिशतले वृद्धि भएको छ।

Kamana Sewa

त्यसैगरी, आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले नवीकरण बीमाशुल्कबापत १७ अर्ब ७४ करोड ५ लाख रुपैयाँ संकलन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ७.४६ प्रतिशत बढी हो।

Classic Tech Desktop

प्रथम र नवीकरण बीमाशुल्क गरी कम्पनीले समीक्षा वर्षमा २४ अर्ब ८४ करोड ६३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको जनाएको छ। अघिल्लो वर्षको २२ अर्ब ५९ करोड ३७ लाख रुपैयाँ को तुलनामा कम्पनीको कुल व्यापार ९.९७ प्रतिशतले बढेको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश खत्री ले ऐतिहासिक उपलब्धिमा योगदान पुर्‍याउने सम्पूर्ण अभिकर्ता, कर्मचारी तथा कम्पनीप्रति विश्वास गर्ने बीमितप्रति आभार व्यक्त गरेका छन्।

प्रतिकृया