• १५ भदौ २०८३, मंगलबार
  • ८:०५ बेलुका

उद्धार कोषमा सिटी एक्सप्रेस ग्रुपको १ करोड ११ लाख सहयोग

प्रकाशित मिति

२०८३ भाद्र १६ गते, मंगलवार ०८:०५

काठमाडौँ — सिटी एक्सप्रेस ग्रुपले रसुवाको भोटेकोशी बाढी प्रभावितको खोजी, उद्धार, राहत तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड ११ लाख रकम जम्मा गरेको छ ।

प्राकृतिक विपद्का कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवनलगायत जिल्लामा मानवीय तथा भौतिक क्षति र नागरिकको दैनिक जीवन प्रभावित क्षेत्र र समुदायको सहयोगको लागि सामाजिक उत्तरदायित्व अन्तर्गत कोषमा रकम जम्मा गरिएको ग्रुपले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  

Kamana Sewa

कम्पनीले विपद्को कठिन घडीमा विदेशमा रहेका नेपालीले आफ्ना परिवारलाई सहज, छिटो र पूर्ण रकमसहित आर्थिक सहयोग पठाउन सकून् भन्ने उद्देश्यले विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा लाग्ने सेवा शुल्क पूर्ण रूपमा मिनाहा गर्ने निर्णय बाढी आएको दिनदेखि नै लागु गरेको विज्ञप्तिमा उल्लेख छ । 
 

Classic Tech Desktop

प्रतिकृया