• १५ भदौ २०८३, मंगलबार
  • २:१९ बेलुका

निर्जीवन बीमा कम्पनीहरूको कुल लगानी २.४८ प्रतिशतले घट्यो, राष्ट्रिय बीमा कम्पनी शीर्ष स्थानमा

प्रकाशित मिति

२०८३ भाद्र १६ गते, मंगलवार ०२:१९

१६ भदौ २०८३ काठमाडौं — सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरूको कुल लगानी गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ७७ अर्ब ९६ करोड ४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको ७९ अर्ब ९३ करोड ९५ लाख रुपैयाँको तुलनामा समग्र लगानी २.४८ प्रतिशतले घटेको हो।

लगानीका आधारमा सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। कम्पनीले असार मसान्तसम्म १८ अर्ब २५ करोड ७ लाख रुपैयाँ लगानी गरेको छ। अघिल्लो वर्षको तुलनामा भने यसको लगानी १.०५ प्रतिशतले घटेको छ।

Kamana Sewa

दोस्रो स्थानमा रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ८ अर्ब ३ करोड ६५ लाख रुपैयाँ लगानी गरेको छ भने नेको इन्स्योरेन्सले ६ अर्ब १९ करोड ९१ लाख रुपैयाँ लगानी गरेको छ। त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लगानी ५ अर्ब ८५ करोड ७२ लाख रुपैयाँ र नेपाल इन्स्योरेन्सको ५ अर्ब ५० करोड ५४ लाख रुपैयाँ रहेको छ।

Classic Tech Desktop

समीक्षा अवधिमा लगानी विस्तारमा नेपाल इन्स्योरेन्स सबैभन्दा आक्रामक देखिएको छ। कम्पनीले आफ्नो लगानी २३.८७ प्रतिशतले वृद्धि गरेको छ। ओरिएन्टल इन्स्योरेन्सले पनि लगानी १६.२३ प्रतिशतले बढाएर ४ अर्ब १३ करोड ९ लाख रुपैयाँ पुर्‍याएको छ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सले ५ अर्ब ३३ करोड ५८ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सले ४ अर्ब ७६ करोड १८ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले ४ अर्ब ५० करोड ८८ लाख रुपैयाँ तथा आईजीआई प्रुडेन्सियलले ४ अर्ब ४४ करोड ९८ लाख रुपैयाँ लगानी गरेका छन्।

यसैगरी, सानिमा जिआईसी इन्स्योरेन्सको लगानी ३ अर्ब ६५ करोड ४५ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सको ३ अर्ब ६ करोड ३७ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्सको २ अर्ब ९१ करोड ७२ लाख रुपैयाँ रहेको छ। सबैभन्दा कम लगानी प्रभु इन्स्योरेन्सको रहेको छ, जसको लगानी १ अर्ब २८ करोड ८६ लाख रुपैयाँ छ।

समीक्षा अवधिमा १४ कम्पनीमध्ये ७ वटाको लगानी बढेको छ भने बाँकी ७ कम्पनीको लगानीमा गिरावट आएको छ।

प्रतिकृया