• ७ भदौ २०८३, सोमबार
  • ६:०९ बेलुका

सन नेपाल लाइफद्वारा मधेश प्रदेशका ‘एडीएम’ तथा अभिकर्ता सम्मानित

प्रकाशित मिति

२०८३ भाद्र ८ गते, सोमबार ०५:४३

काठमाडौँ– सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आयोजनामा मधेश प्रदेशअन्तर्गतका एजेन्सी डेभलपमेन्ट म्यानेजर (एडीएम) तथा इमर्जिङ सन क्लबमा योग्य अभिकर्ताहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ।

महोत्तरीको बर्दिवासमा सम्पन्न कार्यक्रममा मधेश प्रदेशका विभिन्न शाखाका एडीएम, उत्कृष्ट अभिकर्ता, क्षेत्रीय प्रबन्धक तथा शाखा प्रमुखहरुको सहभागिता रहेको थियो।

Kamana Sewa

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सीईओ राजकुमार अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख बजार अधिकृत गणेश चौलागाईं विशेष अतिथि तथा मधेश प्रदेश प्रमुख नवराज चौधरी अतिथिका रुपमा सहभागी थिए।

Classic Tech Desktop

प्रमुख कार्यकारी अधिकृत अर्यालले मधेश प्रदेशमा कम्पनीको सकारात्मक व्यावसायिक छवि निर्माण हुनुमा सम्पूर्ण अभिकर्ता, एडीएम तथा शाखा टोलीको महत्वपूर्ण योगदान रहेको बताए। उनले आगामी दिनमा एजेन्सी सञ्जाललाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे।

प्रमुख बजार अधिकृत चौलागाईंले अभिकर्ताहरुको हकहित, सेवा सुविधा र व्यावसायिक विकासलाई प्रथामिकतामा राख्दै आगामी दिनमा पनि उत्प्रेरणामूलक कार्यक्रमहरु निरन्तर सञ्चालन गरिने स्पष्ट पारे।

मधेश प्रदेश प्रमुख चौधरीले कम्पनीको सेल्स नीतिबारे जानकारी दिँदै नीति तथा कार्यत्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गरी व्यवसाय विस्तारमा सक्रिय हुन आग्रह गरे।

कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने एडीएम तथा इमर्जिङ सन क्लबका योग्य अभिकर्ताहरुलाई ट्रफी र सम्मानपत्र प्रदान गरिएको थियो। यो कार्यक्रमले अभिकर्ताहरुमा थप उत्साह, ऊर्जा, नेतृत्व विकास र कम्पनीसँगको सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुर्‍याएको आयोजकले जनाएको छ।

हाल सन नेपाल लाइफले देशभर १५० भन्दा बढी शाखा तथा सेवा सञ्जालमार्फत जीवन बिमा सेवा र सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ।

प्रतिकृया