• ७ भदौ २०८३, सोमबार
  • ६:३४ बेलुका

हर्क साम्पाङले उठाए कानुन कार्यान्वयनमाथि प्रश्न

प्रकाशित मिति

२०८३ भाद्र ८ गते, सोमबार ०४:१९

८ भदौ २०८३ काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले नेपालको कानुन कमजोर रहेको हो वा कानुन कार्यान्वयन गर्ने व्यक्ति कमजोर रहेको हो भन्दै प्रश्न गरेका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै साम्पाङले ‘गाडी बिग्रेको हो कि गाडी चलाउने मान्छेले चलाउन नजानेको हो?’ भन्दै कानुन कार्यान्वयनको अवस्थामाथि प्रश्न उठाए।

Kamana Sewa

उनले स्वीस बैंकमा भ्रष्ट नेताहरूको पैसा रहेको भनिए पनि त्यस्तो रकम फिर्ता ल्याउन नसकिएको बताए। विदेशमा मृत्यु भएका नेपाली नागरिकको शवसमेत सहज रूपमा नेपाल ल्याउन नसकिएको भन्दै उनले राज्यको अवस्थाप्रति असन्तुष्टि जनाए।

Classic Tech Desktop

साम्पाङले अपराधीहरूले कानुनलाई ‘गोजीमा बोकेर’ हिँड्ने गरेको टिप्पणी गर्दै नाबालिकामाथि बलात्कार र हत्या गर्ने दोषीलाई कडा सजाय दिनुपर्ने बताए। अपराधीमा कानुनको डर हुनुपर्ने उनको भनाइ थियो।

प्रतिकृया