गरिमा हत्याकाण्डबारे गम्भीर अध्ययन गर्न एमाले उपनेता अर्यालको माग
प्रकाशित मिति
२०८३ भाद्र ८ गते, सोमबार ०३:३२
८ भदौ २०८३ काठमाडौं – नेकपा (एमाले) की संसदीय दलकी उपनेता पद्मा अर्यालले बारा बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई आधार बनाएर यस्ता अपराध किन बढिरहेका छन् भन्नेबारे सरकारले गम्भीर अध्ययन र अनुसन्धान गर्नुपर्ने माग गरेकी छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अर्यालले घटनाका दोषीलाई छिटो कानुनी कारबाही गरी गरिमाको परिवारलाई न्याय दिनुपर्ने बताइन्। उनले यौन हिंसामा संलग्न व्यक्तिले यस्तो अपराध गर्ने साहस कहाँबाट पाउँछन् भन्ने विषयको समेत अध्ययन गर्नुपर्नेमा जोड दिइन्।

निर्मला पन्तलगायतका घटनालाई स्मरण गर्दै उनले यस्ता घटनाको कारण पहिचान गरी प्रतिवेदन तयार गरेर प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारसँग माग गरिन्।

यस्तै, अर्यालले सरकारको कार्यशैलीप्रति समेत प्रश्न उठाउँदै उपभोक्ताले ग्यास र किसानले समयमै मल नपाएको विषयमा सरकार गम्भीर हुन नसकेको आरोप लगाइन्।




प्रतिकृया