गरिमाका आमाबुबाको भिडियो र आरोपितको बयान सार्वजनिक गरेको भन्दै रास्वपा महामन्त्रीको आपत्ति
प्रकाशित मिति
२०८३ भाद्र ८ गते, सोमबार ०१:५९
८ भदौ २०८३ काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले गरिमा चौधरीका आमाबुबाको गृह मन्त्रालयमा खिचिएको भिडियो र हत्या आरोपितको बयानसम्बन्धी भिडियो सार्वजनिक गरिएकोप्रति आपत्ति जनाएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै आचार्यले संवेदनशील घटनामा पीडित परिवार तथा आरोपितसँग सम्बन्धित भिडियो सार्वजनिक गर्ने कार्य बन्द गर्नुपर्ने बताए। गरिमा चौधरी साउन ३१ गते घरबाट हराएकी थिइन्। तीन दिनपछि उनको शव फेला परेको थियो। घटनापछि उनका आमाबुबालाई काठमाडौं बोलाएर गृह मन्त्रालयमा छलफल गरिएको थियो।

आचार्यले अनुसन्धानका क्रममा आरोपितले बोलेका विषय सार्वजनिक गर्नुले समाजमा गलत प्रवृत्ति बढाउने भन्दै यस्तो कार्य रोक्नुपर्ने बताए।

Related
Recent News
- गरिमाका आमाबुबाको भिडियो र आरोपितको बयान सार्वजनिक गरेको भन्दै रास्वपा महामन्त्रीको आपत्ति
- जय नेपाल पार्टीले गठन गर्यो पाँच सदस्यीय वार्ता समिति
- मायादेवीमा १२ करोड लगानीमा भारद्वाज तेल उद्योग सञ्चालन
- साउनमा वाणिज्य बैंकको निक्षेप २१ अर्ब ६३ करोडले घट्यो
- गरिमा चौधरी बलात्कार–हत्या प्रकरणमा थप एक पक्राउ, पक्राउ पर्नेको संख्या ९ पुग्यो
- लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग
- सुनको मूल्य तोलामा ३ हजार २०० रुपैयाँले बढ्यो
- नेपाल टेलिकमले ब्रोकर कम्पनी सूचीकरणका लागि आवेदन माग्यो
- ठमेल प्लाजा होटलले आईपीओ जारी गर्ने
- प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया