• ७ भदौ २०८३, सोमबार
  • २:०८ बेलुका

जय नेपाल पार्टीले गठन गर्‍यो पाँच सदस्यीय वार्ता समिति

प्रकाशित मिति

२०८३ भाद्र ८ गते, सोमबार ०१:५२

८ भदौ २०८३ काठमाडौं – जय नेपाल पार्टीले विचार मिल्ने विभिन्न राजनीतिक दल, संगठन, समूह तथा अभियानसँग एकता र सहकार्यका लागि पाँच सदस्यीय वार्ता समिति गठन गरेको छ। पार्टीले गठन गरेको वार्ता समितिको संयोजकमा नारायण कोइराला रहेका छन्। समितिका सदस्यमा सुरेशप्रसाद आचार्य, प्रज्ज्वल बोहरा, अञ्जना शाह रावल र होमनाथ गौतम रहेका छन्।

जय नेपाल पार्टीसँग विचार मिल्ने पार्टी, संगठन, समूह, अभियान तथा व्यक्तिहरूलाई पार्टीमा गोलबन्द गर्ने उद्देश्यले वार्ता समिति गठन गर्ने निर्णय गत भदौ ४ गते काठमाडौंमा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले गरेको थियो।

Kamana Sewa

पार्टीका सचिवालय प्रमुख सगुन सुन्दर लावतीले केन्द्रीय कार्यसमितिको निर्णयअनुसार वार्ता समितिले तत्काल वार्ता प्रक्रिया अघि बढाउने जानकारी दिए। उनका अनुसार समितिले विचार मिल्ने राजनीतिक शक्ति तथा अभियानसँग संवाद र सहकार्यका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनेछ।

Classic Tech Desktop

प्रतिकृया