गरिमा चौधरी बलात्कार–हत्या प्रकरणमा थप एक पक्राउ, पक्राउ पर्नेको संख्या ९ पुग्यो
प्रकाशित मिति
२०८३ भाद्र ८ गते, सोमबार १२:०६
८ भदौ २०८३ काठमाडौं – बाराको सिमरामा ३ वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका–१ का प्रदीप खड्का रहेको प्रहरीले जनाएको छ।
गरिमा भदौ २ गते जितपुर सिमरा उपमहानगरपालिका–१ मा मृत अवस्थामा फेला परेकी थिइन्। उनी घरबाट हराएको तीन दिनपछि मृत अवस्थामा भेटिएकी हुन्।

प्रहरीको अनुसन्धानबाट गरिमाको बलात्कारपछि हत्या भएको निष्कर्ष निस्किएको छ। घटनाको अनुसन्धानका क्रममा प्रदीप खड्कासहित हालसम्म ९ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी मीनबहादुर घलेले जानकारी दिए।

डीएसपी घलेका अनुसार घटनामा संलग्नताको आशंकामा पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ।
Related
Recent News
- साउनमा वाणिज्य बैंकको निक्षेप २१ अर्ब ६३ करोडले घट्यो
- गरिमा चौधरी बलात्कार–हत्या प्रकरणमा थप एक पक्राउ, पक्राउ पर्नेको संख्या ९ पुग्यो
- लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग
- सुनको मूल्य तोलामा ३ हजार २०० रुपैयाँले बढ्यो
- नेपाल टेलिकमले ब्रोकर कम्पनी सूचीकरणका लागि आवेदन माग्यो
- ठमेल प्लाजा होटलले आईपीओ जारी गर्ने
- प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
- बागमतीका मुख्यमन्त्री थापामगरले आज विश्वासको मत लिँदै
- साउनमा नेप्सेमा ५४ करोडभन्दा बढी कित्ता धितोपत्र सूचीकृत
- हिमालयन बैंकको १० प्रतिशत डिबेञ्चरको साँवा तथा ब्याज भुक्तानी हुँदै
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया