• ७ भदौ २०८३, सोमबार
  • २:५८ बेलुका

सुदूरपश्चिमका सडक दुर्घटनाबारे सरकारको ध्यानाकर्षण गराउँदै एमाले प्रमुख सचेतक महर

प्रकाशित मिति

२०८३ भाद्र ८ गते, सोमबार ०२:३८

८ भदौ २०८३ काठमाडौं – नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले सुदूरपश्चिमका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नागरिकले ज्यान गुमाउनुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै महरले जेब्रा क्रसिङमै नागरिकको ज्यान जानु र ठक्कर दिएपछि पुनः ब्याक गरेर किच्नु गम्भीर अपराध भएको बताए।

कैलालीको अत्तरियामा भएको सिन्की बोहराको मृत्युको घटनालाई उनले अत्यन्तै क्रूर भएको बताए। महाकाली यातायातको बसले ठक्कर दिएर लडेकी बोहरालाई पुनः ब्याक गरेर किचेको प्रत्यक्षदर्शीको भनाइ उद्धृत गर्दै महरले उक्त घटना दुर्घटना नभई नियतवश गरिएको हत्या भएको दाबी गरे। घटनापछि मृतकका परिवारले हालसम्म शव नबुझेको भन्दै महरले दोषी चालकलाई कडा कारबाही गर्न माग गरे।

Kamana Sewa

त्यस्तै, उनले धनगढी–८ बुद्धचोकमा जेब्रा क्रसिङबाट बाटो काट्ने क्रममा हाइसको ठक्करबाट घाइते भएका ६२ वर्षीय नन्दलाल गिरीको उपचारका क्रममा भारतको लखनउमा मृत्यु भएको घटनासमेत उठाए। महरले अत्तरिया घटनाका चालक रोहित सिंह धामीसहित दुवै घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन तथा पीडित परिवारलाई उचित न्याय र क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

Classic Tech Desktop

प्रतिकृया