सरकारले २७ सहसचिवको सरुवा, अख्तियारदेखि प्रदेशसम्म जिम्मेवारी हेरफेर(सूचीसहित)
प्रकाशित मिति
२०८३ भाद्र ८ गते, सोमबार ०२:५१
८ भदौ २०८३ काठमाडौं – सरकारले २७ जना राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) तथा सो सरहका कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ। भदौ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार विभिन्न मन्त्रालय, संवैधानिक आयोग, प्रदेश र स्थानीय तहमा कार्यरत सहसचिवको जिम्मेवारी हेरफेर गरिएको हो।
सङ्घीय मामिला मन्त्रालयले सोमबार सरुवा तथा पदस्थापनको निर्णय सार्वजनिक गरेको हो। यसपटक अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विभिन्न सङ्घीय मन्त्रालय र प्रदेशमा कार्यरत सहसचिवको ठूलो संख्यामा जिम्मेवारी परिवर्तन गरिएको छ।

अख्तियारमा कार्यरत वेदप्रसाद भण्डारीलाई अर्थ मन्त्रालय र रामबहादुर कुरुम्बाङलाई कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको छ।

यस्तै, स्वास्थ्य मन्त्रालयका गोविन्दप्रसाद अधिकारी, लगानी बोर्डकी सुनिता नेपाल र पूर्वाधार मन्त्रालयका रामहरि पोखरेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ।
प्रदेशमा कार्यरत केही सचिवलाई सङ्घीय मन्त्रालयमा तानिएको छ भने सङ्घका केही सहसचिवलाई प्रदेशमा खटाइएको छ। गृह मन्त्रालयमा कार्यरत राजन पौडेललाई पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ।




प्रतिकृया