रञ्जु दर्शनाको माग : ‘कक्षा १ देखि १२ सम्म यौन शिक्षा अनिवार्य गरियोस्’
प्रकाशित मिति
२०८३ भाद्र ८ गते, सोमबार ०४:०९
८ भदौ २०८३ काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रञ्जु दर्शनाले कक्षा १ देखि १२ सम्म यौन शिक्षा अनिवार्य गर्न माग गरेकी छन्। आज प्रतिनिधिसभाको बैठकमा बोल्दै गरिमा चौधरीको बलात्कार तथा हत्या घटनाबारे धारणा राख्ने क्रममा उनले यस्तो माग गरेकी हुन्।
आफू सांसदसँगै आमाको हैसियतले बोलिरहेको बताउँदै दर्शनाले गरिमाको परिवारलाई न्याय दिलाउन सरकारले गरेको पहलप्रति आभार व्यक्त गरिन्। उनले विद्यालयको पाठ्यक्रममा ‘कम्प्रेहेन्सिभ सेक्सुआलिटी एजुकेसन’ कक्षा १ देखि १२ सम्म अनिवार्य गर्नुपर्ने बताइन्। यौन शिक्षाको विषयमा समाजमा रहेको संकोच हटाउनुपर्ने उनको भनाइ थियो।

त्यस्तै, दर्शनाले नेपालको फरेन्सिक क्षमता वृद्धि गर्न र घटनास्थलमा पुग्ने प्रहरीको क्षमता विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने माग गरिन्।

महिला तथा बालिकालाई विज्ञापन, कथा र चलचित्रमा ‘सेक्स अब्जेक्ट’ का रूपमा प्रस्तुत गरिने प्रवृत्ति रहेसम्म उनीहरू सुरक्षित हुन नसक्ने समेत उनले टिप्पणी गरिन्।




प्रतिकृया