इन्दिरा राना र रामबहादुर थापाका सात शब्द संसद् अभिलेखबाट हटाइयो
प्रकाशित मिति
२०८३ भाद्र ८ गते, सोमबार ०५:५६
८ भदौ २०८३ काठमाडौं – प्रतिनिधिसभाको बैठकमा प्रयोग भएका सत्तारुढ रास्वपाकी सांसद इन्दिरा राना मगर र नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाका सातवटा शब्द संसद्को अभिलेखबाट हटाइएको छ।
सोमबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राना मगरले भदौ १ गते प्रयोग गरेका ‘भालु’, ‘वेश्या’ र ‘साइबर सेना’ शब्द अभिलेखबाट हटाउन निर्देशन दिएका हुन्।

त्यस्तै, एमाले संसदीय दलका नेता थापाले भदौ ३ गते प्रयोग गरेका ‘नागरिकहरूको बली’, ‘पाकिस्तानी मोडल’, ‘नर्थ कोरिया मोडल’ र ‘अमेरिका’ शब्द पनि अमर्यादित तथा अनावश्यक भएको भन्दै अभिलेखबाट हटाउन सभामुखले सचिवालयलाई निर्देशन दिएका छन्।

सभामुख अर्यालले संसदीय मर्यादा कायम राख्न अमर्यादित तथा अनावश्यक शब्द प्रयोग नगर्न सांसदहरूलाई आग्रहसमेत गरेका छन्।
Related
Recent News
- मुक्तिनाथ विकास बैंक र सिप्रदी ट्रेडिङबीच टाटा पिकअप तथा साना व्यावसायिक सवारीसाधन खरिदमा सहज वित्तीय सुविधा उपलब्ध गराउने समझदारी
- इन्दिरा राना र रामबहादुर थापाका सात शब्द संसद् अभिलेखबाट हटाइयो
- सन नेपाल लाइफद्वारा मधेश प्रदेशका ‘एडीएम’ तथा अभिकर्ता सम्मानित
- विदेशी स्याउ आयात रोक्न सांसद ज्ञानेन्द्र शाहीको माग
- बलात्कारका दोषीलाई कडा सजाय दिन आशिका तामाङको माग
- हिक्मतकुमार कार्कीले पाए तेस्रो पटक विश्वासको मत
- हर्क साम्पाङले उठाए कानुन कार्यान्वयनमाथि प्रश्न
- रञ्जु दर्शनाको माग : ‘कक्षा १ देखि १२ सम्म यौन शिक्षा अनिवार्य गरियोस्’
- गरिमा हत्याकाण्डबारे गम्भीर अध्ययन गर्न एमाले उपनेता अर्यालको माग
- दबाबमा शेयर बजार, नेप्से १९ अंकले घट्यो
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया