• ४ भदौ २०८३, शुक्रबार
  • ११:५८ बिहान

हिमालयन लाइफको सवा ३ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

प्रकाशित मिति

२०८३ भाद्र ५ गते, शुक्रबार १०:३८

५ भदौ २०८३ काठमाडौं – हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको सवा ३ लाखभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको छ। कम्पनीले संस्थापक समूहको ३ लाख २७ हजार १०८ दशमलव १८ कित्ता शेयर बिक्रीमा राखेको हो।

हाल उक्त शेयर कम्पनीका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न सक्नेछन्। शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काठमाडौंको हात्तीसारस्थित कम्पनीको केन्द्रीय कार्यालयको कानून विभागमा आवश्यक कागजातसहित लिखित आवेदन दिनुपर्नेछ।

Kamana Sewa

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि आवेदन नपरेमा अन्य व्यक्ति, संस्था वा कम्पनीलाई समेत शेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

Classic Tech Desktop

प्रतिकृया