• ४ भदौ २०८३, शुक्रबार
  • १२:०० बेलुका

हरित उद्यम वित्तीय पहुँच विस्तारका लागि कुमारी बैंक र हेल्भेटास नेपालबीच सहकार्य

प्रकाशित मिति

२०८३ भाद्र ५ गते, शुक्रबार १०:४६

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना बैकिङ सेवा, व्यक्ति अनि समुदायको क्षमता अभिबृद्धी तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासलाई प्रवद्र्धन गर्ने प्रतिबद्धतालाई थप सुदृढ गर्दै हेल्भेटास स्विस इन्टरकोअपरेसन नेपाल (हेल्भेटास नेपाल)सँग महत्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर गरेको छ । 

यस साझेदारीको मुख्य उद्देश्य नेपालको उदाउँदो हरित अर्थतन्त्रमा संलग्न सूक्ष्म उद्यमी, कृषक, युवाद्वारा सञ्चालित व्यवसाय तथा अन्य महत्वपूर्ण मूल्य शृंखला साझेदारहरूको वित्तीय पहुँच विस्तार गर्नुका साथै व्यवसाय विकाससम्बन्धी सहयोग उपलब्ध गराउनु हो ।सम्झौतापत्रमा कुमारी बैंक लिमिटेडका प्रमुख मार्केटिङ तथा लगानी अधिकृत चन्दन कार्की र हेल्भेटास नेपालका कन्ट्री डाइरेक्टर मनीष प्रधानले औपचारिक रूपमा हस्ताक्षर गरेको हो । यस सहकार्यले समावेशी आर्थिक विकास, उद्यम प्रवद्र्धन तथा मूल्य शृंखला सुदृढीकरणमा हेल्भेटास नेपालको अनुभवलाई कुमारी बैंकको वित्तीय विशेषज्ञता, सेवा तथा व्यापक पहुँचसँग जोडेको छ । दुवै संस्थाले हरित उद्यम तथा हरित मूल्य शृंखलामा आधारित व्यवसायका लागि वित्तीय पहुँच विस्तार र मूल्य शृंखला वित्तीयकरणलाई प्राथमिकतामा राख्नेछन् ।

Kamana Sewa

साझेदारीबारे प्रतिक्रिया दिँदै कुमारी बैंकका दिगो बैंकिङ प्रमुख अर्पण पौडेलले हरित उद्यमका विकासका लागि प्रयत्नरत व्यवसाय तथा उद्यमीहरूलाई वित्तीय स्रोतसँगै आवश्यक ब्यावसायिक क्षमता विकासमा समेत बैंकले सहयोग गर्दै महत्वपुर्ण भूमिका खेल्ने बताए ।

Classic Tech Desktop

उनका अनुसार यो सहकार्यले हरित तथा जलवायु–उत्थानशील नेपाल निर्माणमा योगदान पु¥याउदै व्यावसायिहरुको वित्तीय पहुँचलाई दिगो बनाउनेछ । कुमारी बैंकको वित्तीय विशेषज्ञता र हेल्भेटास नेपालको उद्यम विकास तथा समावेशी मूल्य शृंखलासम्बन्धी अनुभवलाई एकीकृत गर्दै सम्भावनायुक्त हरित व्यवसायलाई रोजगारी सिर्जना, नवप्रवर्तन तथा स्थानीय आर्थिक विकासका दीर्घकालीन आधारका रूपमा विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यस सहकार्यले वित्तीय संस्था, उद्यमी, कृषक तथा हरित मूल्य शृंखलामा संलग्न अन्य सरोकारवालाबीच थप प्रभावकारी सम्बन्ध स्थापित गर्ने अपेक्षा गरिएको छ । वित्तीय पहुँच विस्तारसँगै उद्यमहरूले प्राप्त वित्तीय स्रोतलाई प्रभावकारी रूपमा परिचालन र व्यवस्थापन गर्न सक्ने क्षमता विकासमा समेत जोड दिइनेछ । यस एकीकृत दृष्टिकोणमार्फत समावेशी, दिगो तथा उत्थानशील उद्यम विकासलाई प्रोत्साहन गर्दै नेपालको हरित अर्थतन्त्रको विस्तारमा योगदान पु¥याउने लक्ष्य राखिएको छ ।

नेपालका प्रमुख वित्तीय संस्थामध्ये एकका रूपमा कुमारी बैंकले आफ्ना व्यापक शाखा तथा सेवा सञ्जालमार्फत यी पहलहरूलाई लक्ष्यित समुदायमा विस्तार र प्रभावकारी रूपमा कार्यान्वयन गर्नेछ । बैंकको सेवा सञ्जालअन्तर्गत २७९ शाखा, २९६ एटीएम, ४१ एक्सटेन्सन काउन्टर, ४० शाखारहित बैंकिङ इकाइ तथा १,२३३ भन्दा बढी पीओएस टर्मिनलहरु रहेका छन् ।

ग्राहकमुखी नवप्रवर्तन, उत्तरदायी बैंकिङ तथा दिगो वित्तीय अभ्यासलाई प्राथमिकता दिँदै कुमारी बैंकले नेपालको दीर्घकालीन आर्थिक रूपान्तरणमा आफ्नो भूमिका थप सशक्त बनाउँदै आएको छ । हेल्भेटास नेपालसँगको यस सहकार्यले आर्थिक रूपमा सक्षम हरित उद्यमको विकास, सुदृढ मूल्य शृंखला रोजगारी सिर्जना तथा जलवायु–उत्थानशील आर्थिक प्रणाली निर्माणमा योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

यसबाट नेपाललाई स्वच्छ, समावेशी, दिगो तथा जलवायु–उत्थानशील अर्थतन्त्रतर्फ अघि बढाउन थप बल पुग्ने विश्वास गरिएको छ ।

प्रतिकृया