• ४ भदौ २०८३, शुक्रबार
  • १२:५५ बेलुका

नबिल बैंकले फोन लोन नतिर्ने ४५ ऋणीको नाम गर्‍यो सार्वजनिक

प्रकाशित मिति

२०८३ भाद्र ५ गते, शुक्रबार ११:२५

काठमाडौं । नबिल बैंकले फोन लोन सुविधा लिएर लामो समयदेखि कर्जा चुक्ता नगर्ने ४५ जना ऋणीको नाम सार्वजनिक गरेको छ। बैंकले पटक–पटक मौखिक तथा लिखित रूपमा ताकेता गर्दा पनि कर्जा चुक्ता नगरेका र बैंकको सम्पर्कमा समेत नआएका ऋणीको नाम सार्वजनिक गरेको हो।

बैंकका अनुसार फोन लोन उपभोग गरेका ऋणीले तोकिएको अवधिभित्र साँवा, ब्याज, हर्जाना ब्याज तथा अन्य दस्तुरसमेत भुक्तानी गर्नुपर्ने हुन्छ। तर, पटक–पटक ताकेता गर्दा समेत कर्जा चुक्ता नभएपछि सार्वजनिक सूचना जारी गरिएको बैंकले जनाएको छ।

Kamana Sewa

बैंकले सार्वजनिक सूचनामार्फत सम्बन्धित ४५ जना ऋणीलाई ३५ दिनभित्र सम्पूर्ण कर्जा चुक्ता गर्न आग्रह गरेको छ। तोकिएको अवधिभित्र कर्जा चुक्ता नगरेमा प्रचलित कानुन तथा बैंकको कर्जा असुलीसम्बन्धी व्यवस्थाअनुसार थप प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।

Classic Tech Desktop

प्रतिकृया