• २१ असोज २०८३, बुधबार
  • ३ः२० दिउँसो

राष्ट्र बैंकले ८५ अर्ब निक्षेप सङ्कलन गर्दै, ब्याजदर बोलकबोलबाट तय हुने

प्रकाशित मिति

२०८३ भाद्र ५ गते, शुक्रबार १२:०७

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ८५ अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन गर्ने भएको छ। केन्द्रीय बैंकले आज सूचना जारी गर्दै १७५ दिनका लागि निक्षेप सङ्कलन उपकरणको बोलकबोल तथा निष्कासन गर्न लागेको जनाएको हो। निक्षेप सङ्कलनको निष्कासन मिति पनि आजै तोकिएको छ।

National Life

राष्ट्र बैंकका अनुसार बोलकबोल आज अपराह्न ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत मात्र हुनेछ। उक्त निक्षेपको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ। निक्षेपको साँवा तथा ब्याज आगामी माघ २९ गते भुक्तानी गरिनेछ। बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँ र त्यसपछि १० करोडले भाग जाने गरी अधिकतम आह्वान रकमसम्म रकम बोल गर्न सकिने व्यवस्था गरिएको छ।

निक्षेप सङ्कलनको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्। सहभागी संस्थाले आफूले जम्मा गर्न चाहेको रकम र ब्याजदर उल्लेख गर्नुपर्नेछ। राष्ट्र बैंकका अनुसार आह्वान गरिएको रकम बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता दिइनेछ। त्यसपछि क्रमशः आह्वान गरिएको कुल रकमसम्म बाँडफाँट गरिनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

समान ब्याजदर उल्लेख भएका बोलको रकम समावेश गर्दा कुल निष्कासित रकमभन्दा बढी भएमा ‘प्रो–राटा’ आधारमा बाँडफाँट गरिनेछ। आह्वान गरिएको रकममध्ये सम्पूर्ण वा आंशिक रकमको बोल स्वीकार वा अस्वीकार गर्ने अधिकार राष्ट्र बैंकको खुला बजार कारोबार सञ्चालन समितिमा रहनेछ।

प्रतिकृया