• २१ असोज २०८३, बुधबार
  • ३ः२७ दिउँसो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे ८० लाख धरौटीमा रिहा

प्रकाशित मिति

२०८३ भाद्र ५ गते, शुक्रबार ०९:३९

५ भदौ २०८३ काठमाडौं – नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डे ८० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। जिल्ला अदालत काठमाडौंले स्मार्ट टेलिकम प्रकरणमा पाण्डेलाई ८० लाख रुपैयाँ धरौटी माग गर्दै रिहा गर्ने आदेश दिएको हो। पाण्डेले धरौटीबापत बैंक ग्यारेन्टी राखेका छन्।

National Life

स्मार्ट टेलिकमसँग सम्बन्धित अनुसन्धानका क्रममा पाण्डेसहित केही व्यक्तिमाथि अनुसन्धान अघि बढाइएको थियो। सोही प्रकरणमा पक्राउ परेका पाण्डेलाई प्रहरीले अदालतमा उपस्थित गराएको थियो।

अदालतमा भएको थुनछेक बहसका क्रममा सरकारी पक्षले अनुसन्धानका क्रममा संकलित प्रमाण तथा पाण्डेको संलग्नतासम्बन्धी विषय प्रस्तुत गरेको थियो। पाण्डेको तर्फबाट भने आफूविरुद्ध लगाइएको आरोप र अनुसन्धानका विषयमा प्रतिवाद गरिएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

बहसपछि जिल्ला अदालत काठमाडौंले पाण्डेलाई ८० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो।

प्रतिकृया