• १६ असोज २०८३, शुक्रबार
  • ११ः२० बिहान

नेको इन्स्योरेन्सको सञ्चालकमा मिनराज पोखरेल नियुक्त

प्रकाशित मिति

२०८३ श्रावण २५ गते, सोमबार १०:३४

२५ साउन २०८३ काठमाडौं – नेको इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिमा मिनराज पोखरेल नियुक्त भएका छन्। कम्पनीका संस्थापक सेयरधनी कृषि विकास बैंक लिमिटेडको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका प्रताप सुवेदीको स्थानमा बाँकी कार्यकालका लागि पोखरेललाई मनोनीत गरी पठाइएको हो।

National Life

कृषि विकास बैंकले पोखरेललाई सञ्चालकका रूपमा मनोनीत गरेपछि नेको इन्स्योरेन्सको साउन २० गते साँझ ५ बजे बसेको सञ्चालक समितिको ५०८औँ बैठकले उनको नियुक्तिलाई अनुमोदन गरेको हो। कम्पनी सचिव गणेश लम्सालका अनुसार सञ्चालक समितिको बैठकबाट नियुक्ति समर्थन भएसँगै पोखरेलले साउन २० गतेदेखि नै सञ्चालक पदमा बहाली गरेका छन्।

यससँगै पोखरेलले कृषि विकास बैंकको प्रतिनिधिका रूपमा नेको इन्स्योरेन्सको सञ्चालक समितिमा बाँकी कार्यकाल पूरा गर्नेछन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया