सानिमा रिलायन्स लाइफको १ लाख २ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
प्रकाशित मिति
२०८३ आश्विन १४ गते, बुधबार ०९:३५
१४ असोज २०८३ काठमाडौं — सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १ लाख २ हजार ४८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ। कम्पनीका केही संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको उक्त शेयर बिक्री गर्न स्वीकृतिका लागि कम्पनीमा निवेदन दिएका हुन्।
नेपाल बीमा प्राधिकरणबाट जारी ‘संस्थापक शेयर कारोबार सम्बन्धी निर्देशिका, २०८०’ बमोजिम संस्थापक शेयर खरिद–बिक्री गर्दा विद्यमान संस्थापक शेयरधनीलाई पहिलो प्राथमिकता दिनुपर्ने व्यवस्था छ।
सोही व्यवस्थाअनुसार कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूलाई उक्त शेयर खरिदका लागि आह्वान गरेको हो। विद्यमान संस्थापक शेयरधनीहरूबीच खरिद–बिक्री हुन नसकेमा मात्र निर्देशिकाबमोजिम अन्य व्यक्ति वा संस्थालाई शेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।
शेयर खरिद गर्न इच्छुक कम्पनीका संस्थापक शेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, नक्साल, काठमाडौंमा निवेदन पेस गर्नुपर्नेछ।
तोकिएको अवधिभित्र कुनै निवेदन प्राप्त नभएमा प्रचलित नियमअनुसार अन्य व्यक्ति वा संस्थालाई उक्त शेयर बिक्री गर्न आवश्यक प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।







प्रतिकृया