• १३ असोज २०८३, मंगलबार
  • ५ः३१ बेलुका

चोलेन्द्रलाई पक्राउ गरिएको होइन, रेस्क्यु गरिएको हो : शिक्षामन्त्री पोखरेल

प्रकाशित मिति

२०८३ आश्विन १३ गते, मंगलवार ०५:३०

शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ नगरेको दाबी गरेका छन्।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै मन्त्री पोखरेलले जबरालाई प्रहरीले ‘रेस्क्यु’ गरेको बताएका हुन्।

National Life

उनले भने, ‘उहाँलाई पक्राउ गरिएको होइन, रेस्क्यु गरिएको हो।’ मन्त्री पोखरेलका अनुसार जबराको परिवारले सुरक्षा माग गर्दै प्रहरी कार्यालयमा निवेदन दिएको थियो। त्यसपछि उनलाई सुरक्षित स्थानमा लगिएको उनले बताए।

उनले जबरालाई सुरुमै धम्की आएको र त्यसपछि सुरक्षाका लागि सुरक्षित स्थानमा लगिएको दाबी गरे। उक्त धम्की ‘जेनजी’बाट नभई अपरिचित समूहबाट आएको उनको भनाइ छ।मन्त्री पोखरेलले घटनाबारे आवश्यक कुरा स्पष्ट भइसकेको समेत बताए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया