• १५ भदौ २०८३, मंगलबार
  • १२:४३ बेलुका

त्रिविको शिक्षाध्यक्षमा अञ्जना सिंह र रजिस्ट्रारमा रवीन्द्र शिवाकोटी नियुक्त

प्रकाशित मिति

२०८३ भाद्र १६ गते, मंगलवार ११:५८

१६ भदौ २०८३ काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि) को शिक्षाध्यक्षमा प्रा. अञ्जना सिंह र रजिस्ट्रारमा प्रा. रवीन्द्र शिवाकोटी नियुक्त भएका छन्। उपकुलपतिले गरेको सिफारिसका आधारमा विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री बालेन्द्र शाहले सिंहलाई शिक्षाध्यक्ष र शिवाकोटीलाई रजिस्ट्रारमा नियुक्त गरेका हुन्।

शिक्षा मन्त्रालय स्रोतका अनुसार नवनियुक्त शिक्षाध्यक्ष सिंह र रजिस्ट्रार शिवाकोटीले आज दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ। प्रा. शिवाकोटी त्रिभुवन विश्वविद्यालयको शिक्षा शास्त्र संकायका प्राध्यापक हुन् भने प्रा. सिंह विज्ञान संकायकी प्राध्यापक हुन्।

Kamana Sewa

सरकारले गत वैशाखमा अध्यादेशमार्फत त्रिविका पदाधिकारीहरूलाई पदमुक्त गरेको थियो। त्यसपछि गत असारमा उपकुलपति नियुक्त भए पनि शिक्षाध्यक्ष र रजिस्ट्रारको नियुक्ति हुन सकेको थिएन।

Classic Tech Desktop

नयाँ नियुक्तिसँगै त्रिभुवन विश्वविद्यालयले शिक्षाध्यक्ष र रजिस्ट्रारसहितका प्रमुख पदाधिकारीहरू पूर्णता पाएको छ।

प्रतिकृया