• २ साउन २०८३, शनिबार
  • २:२७ बिहान

भदौ २९ भित्र सम्पत्ति विवरण बुझाउन सांसदलाई संसद् सचिवालयको निर्देशन

प्रकाशित मिति

२०८३ श्रावण १ गते, शुक्रबार १२:१२

१ साउन  २०८३ काठमाडौं – सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सबै सांसदलाई आर्थिक वर्ष २०८२/८३ को सम्पत्ति विवरण भदौ २९ गतेभित्र अनिवार्य रूपमा बुझाउन निर्देशन दिएको छ। सचिवालयले शुक्रबार सूचना जारी गर्दै सांसदहरूले आफ्नो तथा परिवारको नाममा रहेको सम्पत्तिको स्रोत र प्रमाणसहितको अद्यावधिक विवरण साउन १ देखि भदौ २९ गतेभित्र पेस गर्नुपर्ने जनाएको हो।

भ्रष्टाचार निवारण ऐन, २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ अनुसार सार्वजनिक पद धारण गरेका व्यक्तिले आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था छ। सचिवालयले तोकिएको समयभित्र विवरण नबुझाउने सांसदमाथि कानुनबमोजिम कारबाही हुने चेतावनी दिएको छ।

Kamana Sewa

प्रतिकृया