• १५ असोज २०८३, बिहीबार
  • १२ः१७ दिउँसो

कामना सेवा विकास बैंकको नाफामा ३३.५ प्रतिशत वृद्धि, ८९ करोड रुपैयाँभन्दा बढी खुद मुनाफा

प्रकाशित मिति

२०८३ श्रावण २ गते, शनिबार १०:२३

२ साउन २०८३ काठमाडौं – कामना सेवा विकास बैंकले गत आर्थिक वर्ष २०८२/८३ (असार मसान्तसम्म) ८९ करोड ४१ लाख ७८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३.५० प्रतिशतले बढी हो।

National Life

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ६६ करोड ९७ लाख ५१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको वित्तीय विवरणअनुसार खुद ब्याज आम्दानी ३.९८ प्रतिशतले वृद्धि हुँदै २ अर्ब ४१ करोड ८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यो २ अर्ब ३१ करोड ८४ लाख रुपैयाँ रहेको थियो।

सञ्चालन नाफा पनि ३२.८७ प्रतिशतले बढेर १ अर्ब ३८ करोड २५ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष १ अर्ब ४ करोड ४ लाख रुपैयाँ थियो। बैंकको इम्पेयरमेन्ट चार्ज उल्लेख्य रूपमा घटेको छ। अघिल्लो वर्ष ४१ करोड ८१ लाख रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यस वर्ष घटेर १३ करोड ६५ लाख रुपैयाँमा सीमित भएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ६० करोड ११ लाख रुपैयाँ पुगेको छ। बैंकको लाभांश क्षमता १५.१६ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्ष १६.७४ प्रतिशत थियो। यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ३ रुपैयाँ ६७ पैसाले बढेर २२ रुपैयाँ ७५ पैसा पुगेको छ भने प्रति सेयर नेटवर्थ १७१ रुपैयाँ १ पैसा कायम भएको छ।

यद्यपि, बैंकको खराब कर्जा (एनपीएल) भने ३.४९ प्रतिशतबाट बढेर ३.७७ प्रतिशत पुगेको छ। हाल बैंकको चुक्ता पुँजी ४ अर्ब २१ करोड १९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब १४ करोड १३ लाख रुपैयाँ सञ्चित छ। बैंकले ६६ अर्ब ७४ करोड रुपैयाँ निक्षेप संकलन गरी ५५ अर्ब ८० करोड रुपैयाँ कर्जा लगानी गरेको जनाएको छ।

प्रतिकृया