• १५ असोज २०८३, बिहीबार
  • ११ः३५ बिहान

ओलीले घनेन्द्र बस्नेतको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाए

प्रकाशित मिति

२०८३ आश्विन १५ गते, बिहीबार १०:५५

१५ असोज २०८३ काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट आन्दोलनका नेता घनेन्द्र बस्नेतको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन्।

National Life

क्यान्सरबाट पीडित बस्नेतको बुधबार निधन भएको थियो। उनको पार्थिव शरीरमा अध्यक्ष ओलीले पार्टीको झन्डा ओढाउँदै श्रद्धाञ्जली अर्पण गरेका हुन्।

बस्नेत नेकपा एमालेका तर्फबाट दुई पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। कम्युनिस्ट आन्दोलनमा सक्रिय बस्नेतको निधनप्रति एमालेका नेता तथा कार्यकर्ताले दुःख व्यक्त गरेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया